२०८३ असार ४ गते , विहीबार

बिर्तामोडमा किताब महोत्सव हुने

sajilo news
झापा
२०८१ आश्विन ४ गते , शुक्रबार
बिर्तामोडमा किताब महोत्सव हुने

झापाको बिर्तामोडमा किताब महोत्सवको आयोजना गरिएको छ । ‘दशैंको कोसेली किताब’ भन्ने मूल नाराका साथ आगामी असोज ७ गतेदेखि २३ गतेसम्म किताब महोत्सव हुन लागेको हो ।
वीरता रिडर्सको आयोजना तथा साहित्य पत्रकार समाज र झापाली साहित्य समाजको सहकार्यमा किताब महोत्सव हुन लागेको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा आयोजक समितिका तर्फबाट बोल्दै लेखक तथा पत्रकार तीर्थ सिग्देलले झापा, सहित देश तथा विदेशका लेखकहरूका किताब मेलामा उपलब्ध हुने बताए । उनले झापाली लेखकहरूका किताबको छुट्र्ट स्टल रहने , प्रत्येक दिन लेखहरूको उपस्थिति रहने, पुस्तक विमोचन , चर्चा परिचर्चा गरिने व्यवस्थापन मिलाइएको बताए ।
मेला बिर्तामोडस्थित इसा बुक्स एन्ड स्टेशनरी अगाडि लग्ने बताइएको छ । मेलामा राखिएका किताबको खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट दिइने जनाइएको छ ।
पछिल्लो समय पुस्तक सहत पत्रपत्रिकाको समेत पठन अभ्यास हराउँदै गएको र दशैंमा दक्षिणको सट्टा पुस्तक उपहार दिन प्रोत्साहन गर्दै मेलाको आयोजना गरिएको सिग्देलको भनाई छ । पत्रकार सम्मेलनमा आयोजक समितिका तर्फबाट सन्तोष आचार्य र केशव मैनालीले पत्रकारले राखेको जिज्ञासाको उत्तर दिएका थिए ।
पत्रकार सम्मेलनमा किताब महोत्सवमा नयाँ तथा पुराना तीन सय बढी लेखकका पुस्तक राखिने बताइएको छ । मेलामा एक हजार बढी छुट्टा छुट्टै पुस्तक राखिने बताइएको छ ।

सम्बन्धित समाचार