२०८३ असार ४ गते , विहीबार

आज यी प्रदेशमा चट्याङसहित वर्षा

sajilo news
झापा
२०८१ आश्विन ४ गते , शुक्रबार
आज यी प्रदेशमा चट्याङसहित वर्षा

देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  राति बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

मनसुनको न्यूनचापीय रेखा अहिले पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणमा रहेको महाशाखाले जनाएको छ।  

 

 

सम्बन्धित समाचार