हनुमान टोल विकास संस्थाको अध्यक्षमा पुनः बुढाथोकी
भद्रपुर । भद्रपुरको हनुमान टोल विकास संस्थाको अध्यक्षमा पुनः खड्गबहादुर बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । संस्थाको मंगलबार चन्द्रगढी सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनले बुढाथोकी अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समिति उपाध्यक्षमा गितार कोइराला , सचिवमा रेखा अधिकारी, सहसचिवमा सविना गौतम र कोषाध्यक्षमा खुमहरि तिम्सिना चयन भएका । आगामी २ वर्षे कार्यकाल लागि गठित समिति सदस्यहरूमा पुष्पा घिमिरे, निर्मला खरेल, लीला राउत, लक्ष्मी आचार्य खतिवडा, भक्तबहादुर लिम्बू र वीरबहादुर थापालाई चयन भएको निर्वाचन समितिले जनाएको छ ।
कार्यक्रममा सभाले टोल विकास संस्थाभित्र रहेका ९१ वर्षको ज्येष्ठ बुबा नरकेशर पाण्डेलाई घरमै गएर र ८९ वर्षकी ज्येष्ठ आमा इन्द्र कुमारी कटवाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । १० नम्बर वडाअध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिका सामाजिक शाखा प्रमुख जीवनकला राउत, नयाँ नाथ पाण्डे, काशीनाथ घिमिरे, सहिद चोक टोल विकास संस्था अध्यक्ष ढाकालाल अधिकारी, वडा सदस्य दुर्गा दाहाल लगायतले मन्तव्य राखेको थियो । अध्यक्ष बुढाथोकीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सहसचिव रेखा अधिकारी र स्वागत उपाध्यक्ष देवीमाया अधिकारीले गरेकी थिइन् ।