२०८३ असार ४ गते , विहीबार

संविधान दिवस : साथी समूहको वृहत् रक्तदानमा ७६ पिन्ट रगत संकलन

sajilo news
झापा
२०८१ आश्विन ३ गते , विहीबार
संविधान दिवस : साथी समूहको वृहत् रक्तदानमा ७६ पिन्ट रगत संकलन

भद्रपुर । भद्रपुरको झापा चोकमा वृहत् रक्तदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा भद्रपुर मावि २०५४ ५५ एसएलसी ब्याचका साथी समूहले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १० महिला र ६६ पुरुषले रगत दिएको साथी समूहका अभिषेक बर्मन (गोपेश)ले जानकारी दिए । भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तथा ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशी, ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशी, ५ नम्बर वडा बन्धु कार्की, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, समाजसेवी धनजुजु श्रेष्ठ, अधिवक्ता सुरज खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै सोही कार्यक्रममा न हेरौँ जात, न समुदाय, न धर्म, रक्तदान जीवनदान सम्झी गरौँ सत्कर्ममा भन्ने उद्देश्य राखेर विभिन्न धर्म गुरुहरूले आआफ्नो धर्मका बारेमा वाचन गरेका थिए । सुखमा पनि, दुःख पनि साथी समूह भर्खरै मात्र गठन भएको हो । गुरुपूर्णिममा दिन सो समूहले दर्जनौँ गुरुहरूलाई सम्मान गरिसकेको र यसले विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने समूहका विश्वराज थापाले जानकारी दिए । 

सम्बन्धित समाचार