२०८३ असार ४ गते , विहीबार

फिदिममा चोरी गर्ने झापाका न्यौपाने पक्राउ

sajilo news
पाँचथर
२०८१ आश्विन २ गते , बुधबार
फिदिममा चोरी गर्ने झापाका न्यौपाने पक्राउ

पाँचथरको फिदिममा चोरी गरेको आरोपमा झापा बुद्धशान्ति गाउँपालिका २ का एक युवक पक्राउ परेका छन् । बुधबार राति १ बजे पाँचथरको फिदिम- १ स्थित चौतारा लाइनको कच्ची घरमा बस्ने ५८ वर्षीय मोहन बाँस्कोटाको घरमा चोरी गरेको आरोपमा बुद्धशान्ति- २ बस्ने १८ वर्षीय रुपेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । बाँस्कोटाको घरबाट ३ तोला ८ आना सुन , नगद १ लाख र विभिन्न कागजपत्रहरू चोरी भएको बताइएको छ ।

न्यौपानेलाई आज दिउँसो फिदिम- १ स्थित ठाडो लाइनमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार