२०८३ बैशाख २४ गते , विहीबार

बिर्तामोडमा एक महिलाको शव फेला

sajilo news
झापा
२०८१ आश्विन २ गते , बुधबार
बिर्तामोडमा एक महिलाको शव फेला

झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी इस्टेटनजिक एक महिलाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गको छेउमा बुधवार दिउँसो ४ २० बजे सडक छेउमा अन्दाजी ४५÷५० वर्षकी महिला मृत अवस्थामा भेटिएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान तथा मुचुल्का बनाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको छ ।

 

सम्बन्धित समाचार