२०८३ बैशाख २४ गते , विहीबार

झापामा स्कुटरको भाइजरमा ब्राउन सुगर भित्र्याउने दुई जना सशस्त्र प्रहरीकाे फन्दामा

sajilo news
झापा
२०८१ आश्विन १ गते , मंगलबार
झापामा स्कुटरको भाइजरमा ब्राउन सुगर भित्र्याउने दुई जना सशस्त्र प्रहरीकाे फन्दामा

झापामा सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको टोलीले ब्राउन सुगरसहित कमल गाउँपालिका–७ बस्ने  २५ वर्षीय सन्देश लिम्बू र सोही ठाउँका  ३६ वर्षीय पूर्णबहादुर लिम्बूलाई पक्राउ गरेको हाे । उनीहरूलाई झापा गाउँपालिका १ लसुना सीमाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलवार बेलुकी ७ः५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ७८४० नम्बरको स्कुटरलाई शंका लागेर खानतलासी गर्ने क्रममा स्कुटरको भाइजरमा लुकाएर ल्याएको अवस्थामा ९.७९० ग्राम ब्राउनसुगर फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका डीएसपी सुमन पोख्रेलले जानकारी दिए । उनीहरुलाई पक्राउ गरी  आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइसकेकाे उनले बताए  ।

सम्बन्धित समाचार