२०८३ असार ४ गते , विहीबार

सुबेदी दम्पतीले बनाइदिए चन्द्रगढी बस स्टेण्डमा प्रतीक्षालय

sajilo news
झापा
२०८१ भाद्र ३१ गते , सोमबार
सुबेदी दम्पतीले बनाइदिए चन्द्रगढी बस स्टेण्डमा प्रतीक्षालय

झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढी बस स्टेण्डमा फलामे बेन्च (प्रतीक्षालय) निर्माण गरिएको छ।  भद्रपुर– ८ निवासी चन्द्र तथा तारा सुबेदी दम्पतीले प्रतीक्षालय निर्माण गरिदिएका हुन्।

प्रतीक्षालयको आज भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका छन् ।  भद्रपुर बिर्तामोड सडक खण्डको कृषि विकास बैङ्क अगाडि चन्द्रगढी बस स्टेण्डमा राखिएको फलामे बेन्च (प्रतीक्षालय) मा जस्ता पाताको छानो समेत राखिएको छ।

यसैले घाम पानीबाट बच्न पनि प्रतीक्षालयले मद्दत गर्नेछ । निर्माणकर्ता सुवेदीका अनुसार प्रतीक्षालय निर्माणमा लगभग ४० हजार रुपैयाँ लागत लागेको छ।

उद्घाटनका अवसरमा नगर प्रमुख पोखरेलले प्रतीक्षालयले यात्रुलाई सहज र सुविधा पुग्ने बताउँदै आवश्यकता अनुसार बनेको यो महत्त्वपूर्ण कामले अरूलाई पनि प्रेरणा दिएको उल्लेख गरे ।

सम्बन्धित समाचार