२०८३ बैशाख २४ गते , विहीबार

काँकडभिट्टामा ब्राउन सुगरसहित एक युवक पक्राउ

sajilo news
झापा
२०८१ भाद्र ३१ गते , सोमबार
काँकडभिट्टामा ब्राउन सुगरसहित एक युवक पक्राउ

झापाको काँकडभिट्टामा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका- ६ स्थित भन्सार अगाडि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ताप्लेजुङ जिल्ला श्रीजंघा गाउँपालिका-२ का २७ वर्षीय विशाल लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार