२०८३ असार ४ गते , विहीबार

मोरङमा मोटरसाइकलको पछाडि सवार एक जनाको मृत्यु

sajilo news
मोरङ
२०८१ भाद्र ३१ गते , सोमबार
मोरङमा मोटरसाइकलको पछाडि सवार एक जनाको मृत्यु

मोरङको विराटनगर महानगरपालिका -१४ मा सवारी दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । भदौ ३० गते राती साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाइकल सडक साइडमा रहेको युपी ३६ पी २८९१ भारतीय नम्बर प्लेट ट्रकमा ठक्कर लाग्दा घाइते भएका मोटरसाइकल चालक विराटनगर- १५ का १८ वर्षीय राजीव मण्डल र मोटरसाइकल पछाडि सवार रहेका विराटनगर-१० का २५ वर्षीय कृष्ण मण्डललाई उपचारको लागी विराट नर्सिङ होम विराटनगर लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा कृष्णको मृत्यु भएको प्रहरीले जनाएको छ ।  उक्त ट्रक र चालक भारत उत्तर प्रदेशका मक्सुद आलमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको जनाइएको छ । 

सम्बन्धित समाचार