२०८३ असार ४ गते , विहीबार

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

sajilo news
झापा
२०८१ भाद्र ३१ गते , सोमबार
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

देशका केही भूभागमा सोमबार पनि भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। मनसुनी वायु थप सक्रिय हुँदा यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। 

राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। 

सम्बन्धित समाचार