२०८३ असार ४ गते , विहीबार

होटेल मेची क्राउन पाँचौँ वर्षमा प्रवेश

sajilo news
झापा
२०८१ भाद्र २९ गते , शनिबार
होटेल मेची क्राउन पाँचौँ वर्षमा प्रवेश

झापाको मेचीनगरस्थित होटेल मेची क्राउनले शुक्रबार चार वर्ष पुरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको  छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उत्सवमा  होटेलका अध्यक्ष एवम् सञ्चालक पवित्रकुमार कार्कीले सुरुमा स्थापना गर्दा जोखिम मोलेर होटेलमा लगानी गरेको दाबी गरे । 

उनका अनुसार योजना बनाएर होटेल चलाएपछि अहिले पपुलर भएको छ । सञ्चालक कार्कीले बिजनेस राम्रै रहेको बताए । नेपाल र भारतका ठुला घराना परिवारका नागरिकहरू विवाह, सेमिनार, मनोरञ्जन र क्यासिनो खेल्न आउने गरेका छन् ।आयोजित वार्षिकोत्सव तथा नयाँ थप सुविधा सम्पन्न भवनको उद्घाटन कार्यक्रममा सञ्चालकहरूले पूर्वकै व्यापारिक उद्योगका रुपमा पहिचान बनाउने उद्घोष गरेका हुन् । पूर्वको सफल उद्योग मात्र होइन नेपाल र भारतमा नै नमुनाको रुपमा पहिचान बनाउँदै गरेको मेचीनगरको पाँचतारे होटेल मेची क्राउनले अर्को सुविधा सम्पन्न भवनबाट पनि थप सेवा विस्तार गरेको जनाएको छ ।

अर्का सञ्चालक बलराम सापकोटाले सरकारलाई वार्षिक ६ करोड २५ लाख रोयल्टी तिर्दै गरेको जानकारी दिए । नयाँ बनिएको थप भवनसहित २१५ वटा सुविधा सम्पन्न रहेको कोठालाई आगामी दिनमा ५०० वटा कोठा पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।

उनले देशभित्र रहेका साना–ठुला क्यासिनोलाई एउटै प्रकृतिमा नहेर्न आग्रह गर्दै होटेल र क्यासिनोको नियम बनाउन राज्यलाई खबरदारी गरेका थिए  ।

सम्बन्धित समाचार