२०८३ असार ४ गते , विहीबार

सहिद टोल विकास संस्था चन्द्रगढीको अध्यक्षमा पुनः अधिकारी

sajilo news
रेवतीराज घिमिरे
२०८१ भाद्र २९ गते , शनिबार
सहिद टोल विकास संस्था चन्द्रगढीको अध्यक्षमा पुनः अधिकारी

भद्रपुर । भद्रपुर- १० चन्द्रगढीस्थित सहिद टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभाले पुनः  ढाकालाल अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । 

शनिबार सम्पन्न सभाले संस्थाका उपाध्यक्षमा केशव कटुवाल ,सचिवमा चन्द्रप्रसाद लम्साल, सहसचिवमा तेजप्रसाद आचार्य र कोषाध्यक्षमा दिपा कटेल पुरिलाई  सर्वसम्मत चयन गरेको हो । आगामी २ वर्षे कार्यकाल  लागि गठित समितिका सदस्यहरूमा राजन अधिकारी, ईश्वर कोइराला, होम कुमारी पाण्डे, हरिश्चन्द्र पाठक, तुलसा खतिवडा र मञ्जु भट्टराईलाई चयन भएको निर्वाचन समिति संयोजक रुद्रप्रसाद सापकोटाले बताए । सभाले लेखा समिति संयोजकमा मुरारी  न्यौपानेलाई छनोट गरेको छ । 

भद्रपुर १० का वडा अध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा प्रकाश निरौला, खड्गबहादुर बुढाथोकी, नयाँ नाथ पाण्डे  लगायतले मन्तव्य राखेका थिए। अध्यक्ष अधिकारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा ज्येष्ठ बुवा ईश्वरीप्रसाद भट्टराई र आमा सुभद्रा अधिकारीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार