२०८३ बैशाख २४ गते , विहीबार

प्रेमिकाको हत्या गर्ने अनिलको अवस्था गम्भीर, भद्रपुरमा उपचार हुँदै

sajilo news
झापा
२०८१ भाद्र २९ गते , शनिबार
प्रेमिकाको हत्या गर्ने अनिलको अवस्था गम्भीर, भद्रपुरमा उपचार हुँदै

बिर्तामोड । प्रेमिका भनिएकी युवतीको हत्या गर्ने कैलाली गौरीगंगा नगरपालिका–३ बस्ने २० वर्षीय अनिल विकको अवस्था गम्भीर रहेको छ ।

प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ‘उनको अवस्था क्रिटिकल नै छ ’ बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले भने,‘अहिलेसम्म बोल्न सकेका छैनन् । अचेत नै छन् ।’

उनले हिजो साँझ ६:३० बजेतिर अर्जुनधारा ६ को महानन्द चोकमा आफ्नी प्रेमिका भनिएकी इलाम सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीया मनीषा लोहारलाई छुरा प्रहार गरी हत्या गरेका थिए ।

छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् ।युवतीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाई भाग्ने क्रममा नाम थर नखुलेका स्थानीय व्यक्तिहरूले कुटपिट गरी विकलाई घाइते बनाएको प्रहरीले जनाएको छ । कैलालीका विक कहिले आए र युवतीसँग पछिल्लो भेट कसरी भयो भन्ने खुलिनसकेको डीएसपी विष्टले बताए ।

सम्बन्धित समाचार