२०८३ असार ४ गते , विहीबार

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

sajilo news
झापा
२०८१ भाद्र २९ गते , शनिबार
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी र मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। नेपालमा अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसापसमा छ। 

 

 

सम्बन्धित समाचार