२०८३ असार ४ गते , विहीबार

बागलुङ जीप दुर्घटनामा : गाउँपालिकाका उपाध्यक्ष, उनकी आमा र वडा अध्यक्षको मृत्यु

sajilo news
झापा
२०८१ भाद्र २८ गते , शुक्रबार
बागलुङ जीप दुर्घटनामा : गाउँपालिकाका उपाध्यक्ष, उनकी आमा र वडा अध्यक्षको मृत्यु

बागलुङमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ। मृत्यु हुनेमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, सोही गाउँपालिकाको वडा नम्बर- २ का वडा अध्यक्ष जसबहादुर कामी र उपाध्यक्ष बुढाको आमा गोपिमाया बुढा रहेका छन्।

दु्र्घटनामा घाइते जीप चालक २९ वर्षीय प्रेमबहादुर पुनको भने धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ।

तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो। शुक्रबार बिहान काठमाडौंबाट रुकुमपूर्व जाँदै  गरेको  रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको रा १ झ २०० नम्बरको जीप बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा दुर्घटना भएको थियो। 

सम्बन्धित समाचार