२०८३ बैशाख २४ गते , विहीबार

बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको गेटअगाडि कुकर बम

sajilo news
झापा
२०८१ भाद्र २८ गते , शुक्रबार
बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको गेटअगाडि कुकर बम

झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेट उद्योगको गेटअगाडि कुकर बम राखिएकाे छ।

पूर्वपश्चिम राजमार्गदेखि दक्षिण चालु अबस्थामा रहेको गिरीबन्धु टी इस्टेटको उद्योगको गेटअगाडि पड्काइसकेको कुकर फेला परेको हो । बम राति नै पड्काएको अनुमान गरिएको छ । तर, त्यसबाट कुनै पनि क्षति भएको छैन । बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन् ।

बमसंगै पर्चा पनि भेटिएको छ । नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको हो । त्यो समूहको आधिकारिकताबारे थाहा हुन सकेको छैन । त्रसित र आतंकित पार्ने उद्धेश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने टी इस्टेटका संचालक छत्र गिरीले बताए । घटनास्थलमा प्रहरी टोली पुगिसकेको बिर्तामोड प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार