२०८३ असार ४ गते , विहीबार
कोशीका पूर्वमुख्यमन्त्री कार्की अनशनस्थलबाटै पक्राउ, स्थिति तनावग्रस्त
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेको छ। सुरक्षाकर्मी र केदार समर्थकबीच दोहोरो झडप भएको थियो।
झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन। झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन्। घाइतेहरुको संख्या पनि यकिन छैन। झडपका कारण प्रदेशसभा भवननजिकको अनशनस्थल तनावग्रस्त बनेको छ।
१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको आदि विषयमा विरोध जनाउँदै पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनशनमा बसेका थिए । उनले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि आमरण अनशनमा बसेका थिए । पूर्वमुख्यमन्त्री अनसन बसेको क्षेत्र निषेधित क्षेत्र हो ।