२०८३ असार ४ गते , विहीबार

मोरङमा चट्याङ लागेर रुखमुनि खेलिरहेका बालकको मृत्यु, बालिका घाइते

sajilo news
मोरङ
२०८१ भाद्र २३ गते , आईतबार
मोरङमा चट्याङ लागेर रुखमुनि खेलिरहेका बालकको मृत्यु, बालिका घाइते

मोरङको सुनवर्षीमा चट्याङले लागेर आइतबार दिउँसो एक बालकको मृत्यु भएको छ । बालिका घाइते भएकी छन् ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार चट्याङले लागेर सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको हो ।

चट्याङले राजाबुल आलमकी छोरी ८ वर्षीया नजारा खातुन घाइते भएकी छन् ।  राजाबुलको घरपछाडि रहेको कटहरको रुखमुनि खेलिरहेका बेला दिउँसो २ बजेतिर चट्याङ पर्दा बालबालिका घाइते भएका थिए । बेहोस भएका सोफियनलाई उद्धार गरेर रंगेली अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा दिउँसो २:४५ बजेतिर मृत्यु भएको जानकारी डीएसपी बस्नेतले दिए । घाइते नजाराको रंगेली अस्पतालमै उपचार भइरहेको छ । प्रहरीका अनुसार अवस्था सामान्य छ । 

सम्बन्धित समाचार