२०८३ बैशाख २४ गते , विहीबार

एप्समार्फत अनलाइन सट्टेबाज खेलाउने दाजुभाई पक्राउ

sajilo news
मोरङ
२०८१ भाद्र २२ गते , शनिबार
एप्समार्फत अनलाइन सट्टेबाज खेलाउने दाजुभाई पक्राउ

विराटनगरबाट प्रहरीले दुई जना सट्टेबाजलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु एउटै घरका दाजुभाइ हुन् । विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उत्सव र उत्कृष्टलाई घरबाटै पक्राउ गरिएको जानकारी उनले दिए ।
बस्नेतका अनुसार दुवै जनाले घरबाटै सट्टेबाजीको धन्दा चलाइरहेको पाइएको छ । विभिन्न एप्समार्फत अनलाइन सट्टेबाजी सम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएको विशेष सूचनाका आधारमा प्रहरीले अर्याल दाजुभाइको घरमा छापा हानेको थियो ।
‘छापा हान्ने क्रममा क्रममा उत्कृष्टले प्रयोग गर्दै आएको एनड्रोइड मोबाइलमा ‘वान एक्स बेट’लगायतका एप्स ‘डाउनलोड’ गरेको पाइएको थियो,’ डीएसपी बस्नेतले भने, ‘त्यसमार्फत ‘अनलाइन डिजिटल’ खाताबाट सट्टेबाजी लिनेदिने काम गर्ने गरेको खुल्यो ।’ सट्टेबाजीमा प्रयोग गर्दैै आएको कम्प्युटरको सीपीयू, राउटर, मोबाइललगायत घरको कोठाबाट बरामद गरिएको जानकारी उनले दिए ।
दुवै जनालाई प्रहरीले भदौ १८ गते पक्राउ गरेको हो । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतको भनाइ छ ।

सम्बन्धित समाचार