२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुरका पोखरेल र बिर्तामोडका प्रसाईँ पक्राउ

sajilo news
झापा
२०८१ भाद्र २१ गते , शुक्रबार
भद्रपुरका पोखरेल र बिर्तामोडका प्रसाईँ पक्राउ

झापा ।  बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका झापा बिर्तामोड नगरपालिका- ५ का हरि प्रसाईँ पक्राउ परेका छन् । उनी व्यवसायी हुन् । झापा जिल्ला अदालतको गत असार ५ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा उनलाई १ महिना कैद र रु ७ लाख २५ हजार रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा रु २९ हजार क्षतिपूर्ति शुल्क जम्मा गर्नु पर्ने फैसला सुनाइएको थियो । फरार रहेका ५५ वर्षीय प्रसाईँलाई आज पक्राउ गरिएको हो ।
त्यस्तै जबरजस्ती हाडनाता करणी मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका- ८ बस्ने ४८ वर्षीय खेमराज पोखरेल पनि आजै पक्राउ परेका छन् । झापा जिल्ला अदालतको २०७२ बैशाख २० गतेको फैसला र सर्वोच्च अदालतका २०८० कात्तिक १९ गतेको फैसला अनुसार जबरजस्ती हाडनाता करणी मुद्दामा उनलाई १० वर्ष कैद र क्षतिपूर्ति बापत रु ५ लाख रुपैयाँ पीडितलाई भराउनु पर्ने फैसला सुनाइएको थियो । दुवैलाई कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार