२०८१ भाद्र २४ गते , सोमबार

विवेकको नेतृत्वमा अखिल क्रान्तिकारी झापा गठन

sajilo news
झापा
२०८१ भाद्र २० गते , विहीबार
विवेकको नेतृत्वमा अखिल क्रान्तिकारी झापा गठन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाको नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोडमा सम्पन्न १८औँ जिल्ला सम्मेलनले विवेक दाहालको नेतृत्वमा ५३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

समितिका उपाध्यक्षहरूमा शेखर भट्टराई, पर्वत सुवेदी, गङ्गा बस्नेत, देवीका थापा, सुजन दाहाल, सुसन लम्साल र नवीन पौडेल रहेका छन् । सचिवमा गगन चापागाईँ, सहसचिवमा वीरेन्द्र बस्नेत, भीष्म सम्बाहाम्फे, जानकी भट्टराई र जीवन भुजेल चयन भएका छन् । समितिको कोषाध्यक्षमा सिसमपा गुरुङ चयन भएकी छन् । सम्पूर्ण नेतृत्व सर्वसम्मत चयन भएका हुन् ।

कार्यक्रममा अनेम संघ (क्रान्तिकारी) झापा अध्यक्ष तारा श्रेष्ठ, नेकपा माओवादी केन्द्र झापा संयोजक राजु आचार्य (अग्नि), वाइसीएल नेपालका केन्द्रीय सचिव डम्बर पुलामी (कर्मा), विद्यार्थीको प्रदेश फ्याक्सन इन्चार्ज सिपी कडरिया, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव दीपेश पुनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश मन्त्री झलकसिंह दर्लामी (सन्देश), हरिकुमार राना, लक्ष्मी न्यौपाने (सरूँ), माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष विजय साम्पाङ, प्रदेश सदस्यहरू भूपाल सापकोटा, रोशन कन्दङ्वा, पुरुषोत्तम चुँडाल (राजु), अरुण श्रेष्ठ लगायत उपस्थित थिए ।

अखिल क्रान्तिकारी झापा अध्यक्ष टिकाराम धमला ९रञ्जन०को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंह रहेकी थिइन् । सहभागीहरूलाई अखिल क्रान्तिकारी झापाका उपाध्यक्ष लक्ष्मी नेपालले स्वागत गरेका थिए भने सचिव राजन चापागाईँले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार