२०८३ असार ४ गते , विहीबार

बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते

sajilo news
झापा
२०८१ भाद्र १८ गते , मंगलबार
बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते

बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् । मंगलबार साँझ ५ बजे गिरीबन्धु टी–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्ति चोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ नम्बरको मोटरसाइकल र धुलाबारीबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार इलाम सूर्योदय नगरपालिका ५ बस्ने २६ वर्षीय रुपेश बुढाथोकी र सोही ठाउँ बस्ने २४ वर्षीय दिवाकर राई गम्भीर घाइते भएका छन् । उनीहरूको होस नखुलेको बताइएको छ ।

दुवै जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि मोटरसाइकल र ट्रक चालक अर्जुनधारा नगरपालिका ६ बस्ने ३१ वर्षीय सञ्जय माझीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार