२०८३ असार ४ गते , विहीबार

ट्याम्पो ठक्करबाट बालकको मृत्यु 

sajilo news
सुनसरी
२०८१ भाद्र १८ गते , मंगलबार
ट्याम्पो ठक्करबाट बालकको मृत्यु 

सुनसरीको गढी गाउँपालिका-२ स्थित भमरीचोकमा ट्याम्पोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रमोद साह हलुवाईको ४ वर्षीय छोरा प्रमन साह हलुवाई रहेका छन् । हिजो साँझ साढे ६ बजे को २ ह १८३७ नम्बरको ट्याम्पोले बाटो क्रस गर्दै गरेको बालकलाई ठक्कर दिँदा घाइते भएका थिए ।

उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल लागिएको र उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याम्पो  र चालक दुहबी नगरपालिका १० का ४० वर्षीय राम कुमार हरिजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार