२०८३ बैशाख २४ गते , विहीबार

झापाकाे निरीक्षण गर्दै सशस्त्रका आइजीपी अर्यालले भने- सीमामा तैनाथ हरेक सुरक्षाकर्मी आइजीपी सरह

sajilo news
झापा
२०८१ भाद्र १३ गते , विहीबार
झापाकाे निरीक्षण गर्दै सशस्त्रका आइजीपी अर्यालले भने- सीमामा तैनाथ हरेक सुरक्षाकर्मी आइजीपी सरह

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मी संगठन प्रमुख (आइजीपी) सरह जिम्मेवार भएकाले कुनै लोभ लालच नराखेर काम गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी वल नेपाल नम्बर २ गण हेडक्वाटर झापा तथा अन्य मातहत इकाईहरुको निरीक्षण तथा अनुगमनका क्रममा कार्यरत कर्मचारीहरुलाई बिहीवार संबोधन गर्दै अर्यालले सीमा सुरक्षामा तैनाथमध्ये एकजनाले मात्र गल्ती गरेमा सम्पूर्ण संगठनकै बद्नाम हुने भएकाले आफ्नो राष्ट्र र राष्ट्रको झण्डा ख्याल राखेर काम गर्न निर्देशन दिए ।

सीमा सुरक्षा सशस्त्र प्रहरी वल नेपालको एकल प्रयासले मात्र संभव नहुने भएकाले सीमा क्षेत्रका नागरिकसित हातेमालो गरेर काम गर्न र ‘सीमावासीसंग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणाअनुरुप कार्य गर्न निर्देशन दिए ।

देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको राजस्व संकलन तथा चुहावट नियन्त्रणमा थप प्रभावकारी भूमिका खेल्नसमेत उनले निर्देशन दिए । ‘सशस्त्र प्रहरीलाई अन्तर्राष्ट्रिय सीमामा रक्षाका निमित्त खटाइएकाले सिपाही , हवल्दार ,अधिकृत होइन , सवैले कमाण्डरको भावनाले काम गर्नस् ’उनले भने । ड्युटीमा खटिने व्यक्ति नै आइजीपी हो राष्ट्रको प्रतिनिधिका रुपमा दायित्व निर्वाह गर्नुपर्ने अर्यालको भनाई थियो ।

सम्बन्धित समाचार