२०८३ असार ४ गते , विहीबार

सिटी सफारीको ठक्करबाट बालिकाको मृत्यु, चालक दुई महिनापछि पक्राउ

sajilo news
झापा
२०८१ भाद्र १२ गते , बुधबार
सिटी सफारीको ठक्करबाट बालिकाको मृत्यु, चालक दुई महिनापछि पक्राउ

दमक । आमा छोरीलाई ठक्कर दिई फरार भएका सिटी सफारी चालक दमक ९ बस्ने ५५ वर्षीय फिलिप भन्ने लछुमन लिम्बूलाई दुई महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

गत असार १४ गते दिउँसो १ः४५ बजे दमक नगरपालिका १ बरगाछीस्थित भित्री सडक खण्डमा लिम्बूले चलाएको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदल यात्री काठमाडौँ दक्षिणकाली १ घर भई हाल दमक १ बस्ने शर्मिला नेम्बाङ र उनकी छोरी वर्ष २ की आरोशी मगरलाई ठक्कर दिई घाइते बनाएको थियो । घाइतेहरूलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा घाइतेमध्ये आरोशीको सोही दिन मृत्यु भएको थियो ।

घटनापश्चात् फरार रहेका तेह्रथुम थोक्लाङ घर भई हाल दमक ९ बस्ने लिम्बूलाई खोजतलास गर्नेक्रममा हिजो साँझ ६ बजे दमक ८ गणतन्त्र चोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार