२०८३ असार ४ गते , विहीबार

नहरमा डुबेर मेचीनगरमा एकजनाको मृत्यु

sajilo news
झापा
२०८१ भाद्र ११ गते , मंगलबार
नहरमा डुबेर मेचीनगरमा एकजनाको मृत्यु

झापा मेचीनगरको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजे मेचीनगर नगरपालिका- ७ मदनबस्तीस्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चालन गरी बस्ने मेचीनगर- ६ काँकडभिट्टाका ५८ वर्षीय पुनेप्रसाद सत्यालको नहरमा डुबेर मृत्यु भएको हो ।

उनी आफ्नै कृषि फार्मको छेउमा रहेको नहरमा डुबेको अवस्थामा मृत फेला परेका थिए । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली खटिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार