२०८३ असार ४ गते , विहीबार

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने यूट्यूबरविरुद्ध दमककी उषा अदालत जाने

sajilo news
झापा
२०८१ भाद्र ९ गते , आईतबार
सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने यूट्यूबरविरुद्ध दमककी उषा अदालत जाने

झापाको दमक नगरपालिका-५ की एक जना महिलाले एक समूहले सामाजिक सञ्जाल फेसबुक तथा युट्युबको माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

हरिओम कोलनीकी स्थायी बासिन्दा उषाकुमारी लिम्बूले आइतबार दमकमा पत्रकार सम्मेलन गरेर केही दिनअघि आफ्नो अनुमति बिना नै घरमा प्रवेश गरी केही व्यक्तिसँगको लेनदेनका विषयलाई लिएर फेसबुक तथा यूट्यवबाट अनर्गल र भ्रमपूर्ण प्रचार गरेको दाबी गरेकी हुन् । उनले आफ्नै घरमा डेरा गरी बस्ने तुलसा केरुङसहितले युट्युब प्रयोगकर्ताहरूलाई परिचालन गरेर आफ्नाविरुद्ध कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन गरेको आरोप लगाइन् । उनले भनिन्, –‘सो कार्यमा संलग्नहरूको पहिचान गरी उनीहरुबिरुद्ध कानुनी उपचारका लागि जाने छु ।’ जहाँबाट आफूले न्याय पाउने उनले बताइन् ।

उनको घरमा तुलसा केरुङसहितका केही महिलाले इटहरीका यूट्यूवरलाई ल्याएर आफू नभएको बेला लेनदेनसम्बन्धी विषयलाई लिएर भ्रमित प्रचार तथा घरमा ताला लगाउनेसम्म हर्कत गरेको लिम्बूले सुनाइन् । आफ्नो घरमा ताला लगाउनेसम्मको उनीहरूलाई अधिकार कसले दियोरु उनको प्रश्न थियो । उनले ती युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिलमा उजुरी गर्ने स्पष्ट पारिन् ।

दमक ५ निवासी मनकुमारी कालाखेती र निर्मला कार्कीविरुद्ध झापा जिल्ला अदालतमा लेनदेनसम्बन्धी मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै लिम्बूले निर्मला तामाङ र मञ्जु पौडेलविरुद्ध अनुचित लेनदेन तथा मिटर ब्याजसम्बन्धी उजुरी समेत गरिसकेको बताइन् ।

‘कसैसँगको लेनदेन कारोबार स्वाभाविक विषय भएको र सम्बन्धित विषयमा आफू अन्यायमा परेकाले न्यायालय र जिल्ला प्रशासन कार्यालय झापामा गइसकेको अवस्थामा चरित्र हत्या गर्ने दुस्साहस मेरा लागि सह्य छैन’ लिम्बूले भनिन् ।

सम्बन्धित समाचार