२०८३ बैशाख २४ गते , विहीबार

झापाको कमलमा लागू औषधसहित एक जना पक्राउ

sajilo news
झापा
२०८१ भाद्र ९ गते , आईतबार
झापाको कमलमा लागू औषधसहित एक जना पक्राउ

झापाको कमल गाउँपालिका-७ स्थित खरेल चौकमा लागू औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय मिलन बस्याल रहेका छन् । इलाका प्रहरी कार्यालय गौरादह प्रहरी नायव निरीक्षक प्रमोद रेग्मी र प्रहरी चौकी महारानीझोडाका प्रहरी सहायक निरीक्षक बुद्धराज भट्टराईको संयुक्तको टोलीले बस्याललाई आइतबार साँझ ५ बजे पक्राउ गरेको हो ।

प्रहरीले उनको घरबाट २२५ पत्ता एक्टिरफ र ७० पत्ता ट्रामाडोल लागु औषध ट्याब्लेट बरामद गरेको जनाइएको छ । उनी लागुऔषधको कारोबारी रहेको प्रहरीले जनाएको छ । 

 

 

सम्बन्धित समाचार