२०८३ असार ४ गते , विहीबार

करेन्ट लागेर एक बालकको मृत्यु 

sajilo news
पाँचथर
२०८१ भाद्र ९ गते , आईतबार
करेन्ट लागेर एक बालकको मृत्यु 

पाँचथरको फिदिम नगरपालिका-२ पल्लोटारस्थित जोरपिपलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे नुवाकोट जिल्ला घर भई हाल भाडामा बस्दै आएका बद्रीकुमार पाण्डेको १५ वर्षीय छोरा युवराज पाण्डेको कोठाभित्र रहेको मल्टिप्लग  सर्किट छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा भइसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार