२०८३ असार ४ गते , विहीबार
भलुवा खोलामा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु
मोरङको कानेपोखरी गाउँपालिका-४ ज्यामिरेस्थित भलुवा खोलामा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका-१ यासोक घर भई हाल कानेपोखरी-४ मा फुपूको घरमा बस्दै आएकी छगेन्द्र राना मगरको ८ वर्षीया छोरी तुलसा राना मगरको शनिबार अपराह्न पौने ५ बजे नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनास्थलको कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी ट्रमा सेन्टर उर्लाबारी पठाएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको ।