२०८३ असार ४ गते , विहीबार

कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो

sajilo news
इलाम
२०८१ भाद्र ९ गते , आईतबार
कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो

दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ। श्रेष्ठको शव नेपाल ल्याउन खर्च अभाव भएपछि कोरियामा बस्ने नेपालीले रकम उठाएर उनको शव गत शुक्रबार नेपाल पठाएका हुन्। आज १२-१ बजेसम्ममा शव घर नै ल्याइपुर्‍याउने जानकारी पाएको माई नगर प्रमुख खम्बसिं लिम्बूले बताए।

कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज सोनसिक र त्यहाँस्थित इलामेली समाजले उनको शव गृह जिल्ला पठाउने खर्च संकलन गरी सहयोग गरेका थिए। सोनुको शव नेपाल पठाउन कोरियाबासी नेपालीले महत्वपूर्ण सहयोग गरेका थिए।

विद्यार्थी भिसामै गत फेब्रुअरीमा कोरिया पुगेकी श्रेष्ठको भदौ २ गते मृत्यु भएको थियो। उनी कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्। सोनुका बुबा लीलाकुमार श्रेष्ठको पनि वैदेशिक रोजगारी सिलसिलामा गत जेठमा मलेसियामा मृत्यु भएको थियो।

सम्बन्धित समाचार