२०८३ असार ४ गते , विहीबार
ड्युटी गर्दागर्दै बेहोस भएर लडेका प्रहरी सहायक हवलदारको निधन
ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी चौकी मङ्गलबारेमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ।
मादी नगरपालिका २ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस भएका थिए । उनको शव धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आज आइतबार पोस्टमार्टम गरिने छ । पोस्टमार्टमपछि उनको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाइने डिएसपी श्रेष्ठले बताए ।