२०८३ असार ४ गते , विहीबार

झापाका लायन्सहरुको संयुक्त पदस्थापन भद्रपुरमा सम्पन्न

sajilo news
झापा
२०८१ भाद्र ९ गते , आईतबार
झापाका लायन्सहरुको संयुक्त पदस्थापन भद्रपुरमा सम्पन्न

भद्रपुर । झापामा क्रियाशील सात वटा लायन्स क्लब र तीनवटा लियो क्लबको पदस्थापन शनिबार एकैसाथ भद्रपुरमा सम्पन्न भएको छ । वर्ष २०२४/०२५ का लागि चयन भएका लायन्स क्लब अफ भद्रपुर, लायन्स क्लब अफ बिर्तामोड, लायन्स क्लब अफ अनारमनि, लायन्स क्लब अफ बिर्तामोड लेडी, लायन्स क्लब अफ धाइजन–चारआली, लायन्स क्लब अफ मेचीनगर, लायन्स क्लब अफ स्मार्ट लेडी र लियो क्लब अफ भद्रपुर, लियो क्लब अफ बिर्तामोड, लियो क्लब अफ अनारमनि, लियो क्लब अफ बिर्तामोड सिनियर र लियो क्लब अफ मेचीनगरका अध्यक्षलगायत पदाधिकारी–सदस्यहरूले लायन्स क्लब अफ भद्रपुरको आतिथ्यमा भद्रपुर ८ स्थित डे–ग्लो बेङ्क्वेटमा आयोजित समारोहका बीच संयुक्त रुपमा पदभार ग्रहण गरेका हुन् ।

लायन्स क्लब अफ भद्रपुरकी अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षतामा आयोजित पदस्थापन समारोहका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी का गभर्नर विकास अधिकारीले लायन्स र लियोका वर्ष ०२४/२५ का पदाधिकारी तथा सदस्यहरूलाई सपथ गराएका थिए भने वर्ष ०२३/०२४ का अध्यक्ष तथा पदाधिकारी सदस्यहरू आ–आफ्नो पद हस्तान्तरण गरेका थिए ।

समारोहमा लायन्स क्लब अफ भद्रपुरकी ०२३/०२४ की अध्यक्ष शर्मिला अधिकारीले वर्ष ०२४/०२५ का अध्यक्ष उत्तम राजवंशी, लायन्स क्लब अफ बिर्तामोडकी अध्यक्ष सङ्गीता रौनियारले प्रदीप खरेललाई, लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले इन्दिरा खरेललाई, लायन्स क्लब अफ स्मार्ट लेडीकी अध्यक्ष अन्जु पाण्डे खड्काले मञ्जु उप्रेतीलाई, लायन्स क्लब अफ अनारमनीका अध्यक्ष महेन्द्र घिमिरेले शर्मिला जोशीलाई, लायन्स क्लब अफ धाइजन–चारआलीका जगन्नाथ भट्टराईले टिका रिजाललाई र लायन्स क्लब अफ मेचीनगरका रोशनलाल प्रधानले दिनेश पोखरेललाई पद हस्तान्तरण गरेका थिए ।

यस्तै, लियो क्लब अफ बिर्तामोड लेडीकी प्रशंसा घिमिरेले दीक्षा कडरियालाई, लियो क्लब अफ बिर्तामोड सिनियरका अर्थ परिवालले भुवन ल्वागुनलाई, लियो क्लब अफ अनारमनिका रोहण पोखरेलले विनीता न्यौपानेलाई, लियो क्लब अफ मेचीनगरका आशिष् पौडेलले संगम बराललाई र लियो क्लब अफ भद्रपुरका सिकेन्द्र यादवले दीक्षा राजवंशीलाई पद हस्तान्तरण गरेका थिए ।

लायन्स क्लब अफ भद्रपुरका पूर्व अध्यक्ष योगेन्द्र पौडेलले सञ्चालन र लायन्सका इरिया चिफ शैलेन्द्र कुरुम्बाङले स्वागत गरेको सो पद हस्तान्तरण समारोहका बीच लायन्स क्लब अफ भद्रपुरका पूर्व अध्यक्ष यमबहादुर श्रेष्ठले आफ्नी ममतामयी माताको स्मृतिमा श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमका विद्यार्थीहरूलाई पोसाक वितरण गरेका थिए भने लायन्स क्लब अफ बिर्तामोड लेडीका तर्फबाट सञ्चारकर्मी विजय बराललाई सम्मान गरिएको थियो । 

समारोहमा वर्ष ०२३/०२४ का अध्यक्षहरूले आफ्नो कार्यकालमा भएका सामाजिक कार्यहरूका बारे जानकारी गराएका थिए भने ०२४/०२५ का अध्यक्षहरूले आफ्नो कार्यकालमा गरिने सामाजिक सेवा कार्य बारे प्रतिबद्धता जनाएका थिए ।

 

सम्बन्धित समाचार