२०८३ असार ४ गते , विहीबार

उर्लाबारीको कपडा पसलमा आगलागी, २५ लाख भन्दा बढीको क्षति

sajilo news
मोरङ
२०८१ भाद्र ८ गते , शनिबार
उर्लाबारीको कपडा पसलमा आगलागी, २५ लाख भन्दा बढीको क्षति

मोरङको उर्लाबारीमा कपडा पसलमा आगलागी हुँदा २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।  उर्लाबारी नगरपालिका–६ मा भोलामान श्रेष्ठको घरको सटर भाडामा लिएर उर्लाबारी–७ का कूलबहादुर थापाले कपडा पसल सञ्चालन गर्दै आएका थिए। कपडा पसलको बन्द अवस्थामा रहेको सटरभित्र शनिबार बिहान १ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

उनका अनुसार थापाको सत्कार किड्स एन्ड मोर कपडा पसलमा आगलागी भएको हो। आगोले पसलभित्र रहेका सबै कपडा जलेर ध्वस्त भएको बस्नेतले बताए। आगलागीमा २५ लाख मूल्य बराबरको क्षति भएको उनको भनाइ छ। 

आगोले छेउमै रहेको अर्को फलफूल पसलमा पनि सामान्य क्षति पुगेको छ। फूलमाया श्रेष्ठको फलफूल पसलमा २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार