२०८३ असार ४ गते , विहीबार

धनकुटामा पिकअप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

sajilo news
झापा
२०८१ भाद्र ८ गते , शनिबार
धनकुटामा पिकअप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

धनकुटाको साँगुरीगढी- ६ मुक्तेनमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा साँगुरीगढी- ६ का ३८ वर्षीय निरबहादुर मगर रहेको प्रहरीले जनाएको छ । मगरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मुक्तेनबाट नाम्जेतर्फ जाँदै गरेको को २ च ११०५ नम्बरको पिकअप गएराति ९ः१५ बजे दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

पिकअपमा सवार ३४ वर्षीय राजकुमार मगर, ३९ वर्षीया मिना मगर र उनकी ६ वर्षीया छोरी श्रेया मगर घाइते भएका छन् । घाइतेहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

पिकअप चालक उदयपुरका अमिर मगरलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ । उक्त गाडी सडकबाट करिब ७० मिटर तल खसेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज रमेश प्रधानले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार