२०८१ भाद्र २४ गते , सोमबार

राजनीतिप्रति नकारात्मक सोच त्याग्न काँग्रेस नेता सिटौलाको आग्रह

sajilo news
झापा
२०८१ भाद्र ५ गते , बुधबार
राजनीतिप्रति नकारात्मक सोच त्याग्न काँग्रेस नेता सिटौलाको आग्रह

झापा । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिप्रति नकारात्मक सोच त्याग्न कार्यकर्ता एवं आम नागरिकलाई आग्रह गरेका छन् ।

नेपाल महिला संघ झापाको आयोजना र ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भद्रपुरमा आयोजित ३ नम्बर क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका सदस्य समेत रहेका सिटौलाले सबै नीतिहरूको सर्वोत्तम नीति राजनीति भएको चर्चा गर्दै यसप्रतिको नकारात्मक धारणा त्याग्न आग्रह गरेका हुन् ।

नेपाली काँग्रेस पार्टी लोकतन्त्रको संवाहक भएकाले हरेक परिवर्तनहरूको अग्र मोर्चामा रहेर नेतृत्व गरेको उल्लेख गर्दै पूर्व महामन्त्री सिटौलाले आगामी दिनमा पनि परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने धारणा राखे । 

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल आचार्य, झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनालीले प्रशिक्षण कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी कार्यक्रम ३ नम्बर क्षेत्रीय सभापति उर्मिला गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । शिला तामाङले सञ्चालन गरेकी कार्यक्रममा स्वागत प्रमीला कोइरालाले गरेकी थिइन् । 

कार्यक्रममा महिलाहरूको नेतृत्व विकासका विषयमा रमेशकुमार दाहालले, संविधान एवं कानूनमा महिला अधिकार सम्बन्धी व्यवस्थाका विषयमा शान्ता पाठकले र प्रजातान्त्रिक आन्दोलनको इतिहास र महिला संघका विषयमा कृष्ण हुमागाईँले प्रशिक्षण दिएका थिए ।

 

सम्बन्धित समाचार