२०८३ असार ४ गते , विहीबार

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

sajilo news
झापा
२०८१ भाद्र ५ गते , बुधबार
इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

दाङमा इनार सफा गर्न भित्र छिरेका दुई जनाको निसासिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली छन् । उनीहरु आज बिहान साढे १० बजेतिर दमारगाउँकै दुर्गा विकको इनार सफा गर्न भन्दै भित्र प्रवेश छिरेका थिए ।बाहिर निस्कन नसकी निसासिएको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तलुसीपुरबाट खटिएको टोलीले उनीहरुलाई इनारबाट बाहिर निकालेको थियो ।

उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको ११ बजे बिहान चिकित्सकले मृत घोषणा गरेको दाङका डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।

सम्बन्धित समाचार