२०८३ असार ४ गते , विहीबार

दक्षिण कोरिया गएकी इलामकी सोनु श्रेष्ठको निधन

sajilo news
झापा
२०८१ भाद्र ३ गते , सोमबार
दक्षिण कोरिया गएकी इलामकी सोनु श्रेष्ठको निधन

इलाम ।  विद्यार्थी भिसामा दक्षिण कोरिया अध्ययन गर्न गएकी इलामको माई नगरपालिका-१ कि सोनु श्रेष्ठको निधन भएको छ। लिलाकुमार र प्रतिमा श्रेष्ठकी छोरी २० वर्षीया सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसा (D2)मा कोरिया गएकी थिइन्। उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्। 

उनको उल्सान अस्पतालमा पोस्टमार्टम भइसकेको र कोरियामा रहेका आफन्तजन र परिवारलाई सम्पर्क गरी शवलाई नेपाल ल्याइने भएको छ। 

निधनको कारण खुल्न नसकेको बताइएको छ। उनी श्रेष्ठ परिवारकी माइली छोरी हुन्। उनका दिदी र भिनाजुसमेत कोरियामा नै रहेका माई नगरपालिका-१ का वडाध्यक्ष राम राईले जानकारी दिए। सोनुका बुबा लिलाकुमार श्रेष्ठको २ महिनाअघि मलेशियामा निधन भएको थियो।

सम्बन्धित समाचार