२०८१ भाद्र २४ गते , सोमबार

जनताको गुनासो सुन्न कोशीमा `हेल्लो सीएम´

sajilo news
मोरङ
२०८१ श्रावण ३१ गते , विहीबार
जनताको गुनासो सुन्न कोशीमा `हेल्लो सीएम´

जनताको गुनासो सुनेर तत्काल सम्बोधन गर्ने उद्देश्य राखेर कोशी प्रदेश सरकारले ’हेल्लो सीएम’ सेवा सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार ’हेलो सीएम’ सेवाको सुरुवात गरेका हुन् । प्रदेश सुशासन ऐन, २०७६ अनुसार यो सेवा सुरु गरिएको हो ।

२४ घण्टा जनताको गुनासो सुन्न सक्ने गरी व्यवस्थापन गरिएको छ । मुख्यमन्त्री कार्कीले यसले शासकीय सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ’सरकारका विभिन्न सेवा र निकायका काम–कारबाहीलाई प्रभावकारी बनाउन ’हेलो सीएम’ कार्यक्रम महत्वपूर्ण हुने विश्वास छ,’ मुख्यमन्त्री कार्कीले भने ।

प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले वर्तमान सरकारले शासकीय सुधारमा उल्लेख्य काम गरेको जनाए ।

 

सम्बन्धित समाचार