२०८३ बैशाख २३ गते , बुधबार

चिलीलाई हराउँदै अर्जेन्टिना कोपा कपको क्वार्टरफाइनलमा

sajilo news
एजेन्सी
२०८१ असार १२ गते , बुधबार
चिलीलाई हराउँदै अर्जेन्टिना कोपा कपको क्वार्टरफाइनलमा

अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।  आज बिहान अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनासँग चिली १-० ले पराजित भयो। जितसँग ग्रुप ए मा रहेको अर्नेन्टिना क्वार्टरफाइनमा प्रवेश गरेको हो।

अर्जेन्टिनाको जितमा लाउरियो मार्टिनेजले ८८ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।  निकै प्रतिस्पर्धात्मक खेलमा चिलीले अर्जेन्टिलाई ८८ मिनेटसम्म गोल गर्न रोकेको थियो।  

ग्रुप ए मा आजै भएको खेलमा क्यानडाले पेरुलाई १-० ले हराएको थियो। क्यानडाको पहिलो जित हो। पहिलो खेलमा क्यानडा अर्जेन्टिनासँग २-० ले पराजित भएको थियो।  

अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा पेरुसँग आइतबार खेल्नेछ भने सोही दिन क्यानडाले चिलीको सामना गर्नेछ। 

सम्बन्धित समाचार