२०८३ बैशाख २३ गते , बुधबार

कोपा कपमा अमेरिकाको विजयी सुरुवात

sajilo news
एजेन्सी
२०८१ असार १० गते , सोमबार
कोपा कपमा अमेरिकाको विजयी सुरुवात

कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ।  समूह सीको पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो। ​

टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक एक गोल गरे। खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिसले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए।

४४ औं मिनेटमा पुलिसिसको पासमा फ्लोरिनले थप १ गोल गरेपछि अमेरिका पहिलो हाफमै २–० को सहज अवस्थामा पुगेको थियो। 

जितसँगै अमेरिका ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ।  यो समूहमा रहेका उरुग्वे र पानामाको खेल जारी छ। पहिलो हाफ सकिँदा उरुग्वे १–० ले अगाडि छ। 

सम्बन्धित समाचार