२०८३ बैशाख २३ गते , बुधबार

आयोजक जर्मनी समूह विजेता, स्कटल्याण्ड बाहिरियो

sajilo news
एजेन्सी
२०८१ असार १० गते , सोमबार
आयोजक जर्मनी समूह विजेता, स्कटल्याण्ड बाहिरियो

आयोजक जर्मनी समूह विजेता बन्दै यूरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ।  गएराति भएको खेलमा स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेल्दै दुवै टोली प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।

अर्को खेलमा हंगेरीसँग पराजित भएको स्कटल्यान्ड यूरोकपको समूह चरणबाटै बाहिरिएको छ। हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको हो।

जितपछि हंगेरी समूह ए को तेस्रो स्थानमा रहन सफल भयो। योसँगै टोली उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम रहेको छ।

सम्बन्धित समाचार