२०८३ बैशाख २३ गते , बुधबार

कोपा कप सुरु, उद्घाटन खेलमा अर्जेन्टिनाको विजयी सुरुवात

sajilo news
एजेन्सी
२०८१ असार ७ गते , शुक्रबार
कोपा कप सुरु, उद्घाटन खेलमा अर्जेन्टिनाको विजयी सुरुवात

कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गरेको छ।  अमेरिकामा सुरु भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई पराजित गरेको हो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको क्यानडाले दोस्रो हाफको ४९ औं मिनेटमा गोल खान पुग्यो। 

दोस्रो हाफको चौथो मिनेटमा अर्जेन्टिनाका जुनियर अल्भारेजले पहिलो गोल गर्दै अग्रता दिलाए। खेलको ८८औँ मिनेटमा मार्टिनेजले गोल गर्दै जित सुनिश्चत गरे। 

क्यानडाले कोपा अमेरिकामा पहिलो पटक सहभागिता जनाएको छ। १५ पटकको विजेता अर्जेन्टिनाले  समूह एमा पहिलो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। यो समूहमा पेरु र चिली रहेका छन्। 

यस संस्करणमा १० दक्षिण अमेरिकी टोलीहरूसहित उत्तर र मध्य अमेरिका र क्यारेबियनका ६ टोलीहरु समावेश गरिएका छन्। आज उनले  आफ्नो ३५ औं कोपा अमेरिका खेल्दै चिलीका सर्जियो लिभिङस्टोनको कीर्तिमान तोडेका छन्। 

 

क्यानडाको अर्को खेल बुधवार पेरुसँग हुनेछ भने सोही दिन अर्जेन्टिनाले चिलीसँग खेल्नेछ। जुन २९ मा समूह चरणको खेलमा क्यानडाले चिली र अर्जेन्टिनाले पेरुसँग खेल्नेछन्।

सम्बन्धित समाचार