२०८३ बैशाख २३ गते , बुधबार

इटालीको आत्मघाती गोल, स्पेन अन्तिम १६ प्रवेशमा

sajilo news
एजेन्सी
२०८१ असार ७ गते , शुक्रबार
इटालीको आत्मघाती गोल, स्पेन अन्तिम १६ प्रवेशमा

डिफेन्डिङ च्याम्पियन इटालीलाई पराजित गर्दै स्पेनले युरो २०२४ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। गएरागति भएको खेलमा इटालीलाई १-० ले पराजित गर्दै स्पेनले अन्तिम १६ मा स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको ५६औँ मिनेट रिकार्डो कालाफियोरीले आत्मघाती गोलको कारण स्पेनले बाजी मार्‍यो।

यो नतिजापछि स्पेनले लगातार दुई खेल जित्दै समूह बी मा ६ अंक बनाएको छ। इटालीको ३ अंक रहेको छ। गएराति नै भएको अर्को खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ। फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १-१ को बराबरी खेल्दै अंक बाँडेको हो। पहिलो खेलमा सर्बिया विरुद्ध १-० को जित निकालेको इङ्ल्यान्डले डेनमार्क विरुद्ध लिएको अग्रता बचाउन सकेन।

नतिजापछि समूह सीमा रहेको इङ्ल्यान्डको २ खेलमा ४ अंक भएको छ। डेनमार्क र स्लोभेनियाको समान २ खेलमा समान २ अंक नै छ भने सर्बियाको १ अंक छ। सर्बिया र स्लोभेनियाले बिहीबार नै १-१ को बराबरी खेलेका थिए।

सम्बन्धित समाचार