२०८३ बैशाख २३ गते , बुधबार

रोहितसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीको कारबाही

sajilo news
एजेन्सी
२०८१ असार ५ गते , बुधबार
रोहितसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीको कारबाही

टी–२० विश्वकपमा नेपालली कप्तान रोहित पौडेलसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आर्इसीसीले कारवाही गरेको छ। फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो। तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। सकिब सो खेलमा म्यान अफ द म्याचसमेत बनेका थिए।

नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए। उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो।

आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइदैन। दुई खेलाडीबीचको नोकझोक भएको थियो।  तान्जिमले हातै हालेर रोहितलाई धकेल्न खोजेका थिए। 

सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो।

सम्बन्धित समाचार