२०८१ श्रावण २ गते , बुधबार

अनेमसंघ भद्रपुरकी अध्यक्षमा पराजुली

sajilo news
झापा
२०८१ असार २ गते , आईतबार
अनेमसंघ भद्रपुरकी अध्यक्षमा पराजुली

भद्रपुर । अखिल नेपाल महिला संघ भद्रपुरको दोस्रो नगर सम्मेलनले अंगिरा पराजुलीको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी गठन गरेको छ । नवनिर्वाचित नगर कमिटीको उपाध्यक्षमा होमा पोखरेल, सचिवमा रञ्जना तावा लिम्बू, सहसचिवमा पार्वता श्रेष्ठ र कोषाध्यक्षमा सोममाया लोहार सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक माधव विद्रोहीले बताए । सदस्यहरूमा दुर्गा पोखरेल, प्रमिशा भण्डारी, हिमा दाहाल बराल, अम्बिका आचार्य, मिना राई, लीला अधिकारी, सिम्ब्रन शिवा, पूजा लिम्बू, सङ्गीता खतिवडा, गोमा दर्जी, दुल्की गणेश र प्रशंसा ठटाल सर्वसम्मत चयन भएकी छिन् । 

त्यस्तै कमला दाहाल बराल, सावित्रा ढकाल, मोहनी निरौला (रेश्मा), शान्ता सिग्देल, धना बुढाथोकी, तुलसा घिमिरे, यशोदा निरौला, चन्द्रकला बुढाथोकी, देवीमाया दाहाल, सङ्गीता ढकाल कोइराला, शारदा बराल र बिनु धमला सदस्यमा सर्वसम्मत चयन भएकी छिन्। 

त्यसैगरी मिलन राजवंशी, शरस्वता श्रेष्ठ, शर्मिला राजवंशी, यशोदा श्रेष्ठ, कमला अछामी, प्रमीला महतो र निलम श्रेष्ठ सर्वसम्मत चयन भएको जनाइएको छ ।  शनिवार भद्रपुर नगरपालिका वडा नम्बर १० को सभाकक्षमा भएको दोस्रो नगर सम्मेलनको अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले पोखरेलले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेमसंघ केन्द्रीय उपाध्यक्ष पोखरेल, नेकपा एमाले प्रदेश कमिटीका सचिवालय सदस्य वसन्त बानियाँ, अनेमसंघ जिल्ला सदस्य तथा भद्रपुर नगर इन्चार्ज मित्रा भट्टराई, नेकपा एमाले भद्रपुर नगर कमिटीका अध्यक्ष निर्माण नेपाललगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सम्बन्धित समाचार