२०८३ बैशाख २३ गते , बुधबार

अस्ट्रेलियाले स्कटल्यान्डलाई हराएसँगै इङ्ग्ल्यान्ड सुपर ऐटमा

sajilo news
एजेन्सी
२०८१ असार २ गते , आईतबार
अस्ट्रेलियाले स्कटल्यान्डलाई हराएसँगै इङ्ग्ल्यान्ड सुपर ऐटमा

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाले स्कटल्यान्डमाथि रोमाञ्चक जित हात पारेको छ। समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले रोमाञ्चक जित हात पारेको हो।

अस्ट्रेलियाको जितसँगै स्कटल्यान्ड सुपर ८ को यात्राबाट बाहिरिएको छ भने इङ्ग्ल्यान्ड सुपर ८ मा पुगेको छ। अस्ट्रेलिया भने यसअघि नै सुपर ८ मा पुगिसकेको छ। स्कटल्यान्ड र इङ्ग्ल्यान्डको समान ५ अङ्क भएपनि नेट रनरेटको आधारमा इङ्ग्ल्यान्डले सुपर ८ मा स्थान सुरक्षित गरेको हो। 

अस्ट्रेलियाका जितका लागि ट्रेविस हेडले सर्वाधिक ६८ रनको पारी खेले भने मार्कस स्टोइनिसले नट आउट रहँदै ५९ रन जोडे। टिम डेविडले नट आउट रहँदै २४ रन जोडे। स्कटल्यान्डका लागि मार्क वाट र साफयान सरिफले समान २÷२ विकेट लिँदा ब्राड ह्विलले १ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको स्कटल्यान्डले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १८० रन बनायो। स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ६० रन जोडे भने कप्तान रिची बेरिङ्गटोनले नट आउट रहँदै ४२ रनको पारी खेले। त्यस्तै जर्ज मन्सेले ३५ रन जोडे। तर, त्यो जितका लागि भने पर्याप्त भएन। अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २ विकेट लिँदा एस्टोन अगर, एडन जाम्पा र मिचेल मार्सले समान १/१ विकेट लिए।  

सम्बन्धित समाचार