२०८३ जेष्ठ १० गते , आईतबार

पाथीभरा मन्दिरमा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन

sajilo news
झापा
२०८१ असार १ गते , शनिबार
पाथीभरा मन्दिरमा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङको पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रुपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन भएको छ । सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेको समितिले जनाएको छ ।

सम्बन्धित समाचार