२०८३ बैशाख २३ गते , बुधबार

विश्वकपमा इतिहास रच्नबाट एक रनले चुक्यो नेपाल, हारसँगै समूह चरणबाटै बाहिरियो

sajilo news
झापा
२०८१ असार १ गते , शनिबार
विश्वकपमा इतिहास रच्नबाट एक रनले चुक्यो नेपाल, हारसँगै समूह चरणबाटै बाहिरियो

आईसीसी टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले पराजित भएको छ। हारसँगै नेपाल सुपर-८ नपुगी समूह चरणबाटै बाहिरिएको छ। 

११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको हो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै अनिल साहले २७ रन बनाए।  दक्षिण अफ्रिकाका तबरइज शम्सीले ४ विकेट लिए भने एडन मारक्रम र एनरिच जोर्टजेले समान १–१ विकेट लिए।

टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो।  दक्षिण अफ्रिकाका रेजा हेनड्रिक्कसले सर्वाधिक ४३ रन बनाए। यस्तै ट्रीस्टन स्टबसले २७ र कप्तान एडन मारक्रमले १५ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।

सम्बन्धित समाचार